मोफसल यात्रामा ‘छ माया छपक्कै’

डिसी नेपाल
१ कार्तिक २०७६ १७:११

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ आजदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ।

दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको फिल्म यूनिट मोफसल यात्रामा छ। मोफसल यात्रामा दीपकराज, दीपाश्रीका साथमा निर्देशक दीपेन्द्र लामा, कलाकारहरु केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायत छन्।

बिहीबार हेटौडा पुगेको फिल्म यूनिट शुक्रबार चितवनका हलमा पुगी दर्शकसंग प्रत्यक्ष साक्षात्कार गरेको छ। चितवनका हलमा दर्शकको उत्साहजनक साथ पाएको दीपकराजले जनाएका छन्।

फिल्म यूनिट शनिबार पोखरा, वुटवल, भैरहवा लगायतका सहरहरुमा पुग्ने दीपाश्रीले फेसबुकमा उल्लेख गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *