धारामा मिटर छ पानी छैन

डिसी नेपाल
१ कार्तिक २०७६ १८:१७

सुर्खेत। सुर्खेतको चिंगाड गाउँपालिकाको मटेला ठाँटी बजारामा करिब २ हप्ता याता धारामा पानी आएको छैन । धारामा मिटर बक्स छ तर पानी छैन । नियमित रुपमा पानी नहुँदा त्याहाँका अधिकाशं स्थानीयबासिहरुलाई खोलामा बगेको पानि खानुपर्ने बाध्यता रहि आएको छ ।

स्थानीय भुपेन्द्र वहादुर चन्द्रले १० मिनेटको बाटो हिडेर चिंगाड खोलाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्याता रहेको बताएका छन् । उनले भने, ‘अहिले खोलाको पानी उपभोेग गर्दा उक्त पानी स्वच्छ नहुने कारण दुषित पानीबाट उत्पन्न हुने सरुवा रोगहरु आउँ, हैजा, झाडापखला जस्ता रोगका बिरामी धेरै मात्रामा परेका छन् ।’

ठाँटी बजारका ९० घर भन्दा धेरै घरहरुमा पानीको धारा जडान भएका छन् । साथै नियमित रुपमा पानीको प्रति महिना ५० रुपैँयाका दरले महशुल पनि स्थानीयबासिहरुले तिर्दै आएका छन् ।

तर त्यहाँ अहिले स्वच्छ पिऊने पानीको हाहाकार मच्चिएको छ । साथै जनावरहरुलाई र सिंचाई गर्नका लागि पनि पानी नहुँदा खोलाको पानीमा नै भर पर्नुपर्ने स्थानीयको बाध्यता रहेको छ ।

गत २ हप्तादेखि धारामा पानी नआउँदा पनी जनप्रतिनिधि तथा सम्बन्धित निकायले यस प्रति ध्यान नदिएको भन्दै स्थानीयबासीहरुले गुनासो समेत पोखेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *