चितवन पुगेर पूजाले भनिन् – ‘आकाशसँगको केमेस्ट्री दर्शकले रुचाएकै कारण प्रेमको हल्ला चल्यो’

डिसी नेपाल
१ कार्तिक २०७६ १९:०८

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलाई यतिबेला भ्याइनभ्याई छ। उनिहरु आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘पोई पर्याे काले’को प्रचारप्रसारमा दौडिरहेका छन्।

फिल्म प्रदर्शन हुन एक साता बाँकी रहँदा शुक्रबार पूजा र आकाश चितवन पुगे। फिल्मका निर्देशक शिशिर राणा, प्रस्तुतकर्ता किरण नेपाली लगायतको साथमा पूजा र आकाशले भरतपुरमा सञ्चारकर्मीसंग साक्षात्कार गरे। सञ्चारकर्मसंगको भेटघाटमा अभिनेत्री पूजाले आफूले गरेको अन्य फिल्मभन्दा ‘पोई पर्याे काले’ फरक किसिमको फिल्म भएको बताईन्।

लभ स्टोरी जनराको फिल्म गरिरहेको अवस्थामा ‘पोई र्पयो काले’बाट फरक किसिमको फिल्ममा काम गर्ने अवसर पाएको पूजाले बताईन्। उनले अन्य नायकहरु भन्दा आकाश श्रेष्ठसँग काम गर्दा केमेस्ट्री राम्रो बनेको बताईन्। आकाशसँगको केमेस्ट्री राम्रो भएकै कारण दर्शकहरुले मन पराएको र त्यही कारण बजारमा आकाशसँग प्रेममा रहेको हल्ला चलेको उनको भनाई थियो। तर बजारमा चलेको हल्ला जस्तो आफूहरु प्रेममा भने नरहेको पूजाले बताईन्।

अभिनेता आकाश श्रेष्ठले लभ स्टोरी जनराबाट कमेडी जनराको फिल्ममा काम गर्दा धेरै चुनौती महशुस गरेको बताए। उनले पहिलो पटक कमेडी जनराको फिल्ममा काम गर्दा धेरै नै मेहनत गरेको र त्यसको फल पनि राम्रै पाउने विश्वास व्यक्त गरे।

फिल्मका निर्देशक शिशिर राणाले ‘पोई र्पयो काले’लाई कमेडी शैलीको सामाजिक कथावस्तुमा निर्माण भएको बताएका छन्। उनले कमेडी जनरामा भए पनि यसमा सामाजिक कथा प्रस्तुत गर्न खोजिएको बताए।

समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृतीमाथि फिल्म निर्माण गरिएको बताए। मानिसको बाहिरी रुप हेरेर राम्रो–नराम्रो भनिने गलत सोँच राख्नु हुँदैन भन्ने सन्देश फिल्मले बोकेको उनले बताए। मानिसको रुप भन्दा पनि मन सफा हुनुपर्ने बिषयलाई उठाउन खोजेको उनले बताए। फिल्ममा कथा राणाकै रहेको छ ।

रेड वर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा र आकाशसँगै सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ।

तिहारको समयमा फिल्म हेरेर दर्शकले मनोरञ्जन लिनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ। फिल्ममा दीपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन्। शिव ढकालको छायांकन रहेको फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *