‘कबिर सिंह’को सफलतापछि शाहिद कपूर फेरि अर्को तेलुगु फिल्मको रिमेकमा

डिसी नेपाल
२ कार्तिक २०७६ १५:१७

एजेन्सी। ‘कबिर सिंह’को सफलतापछि बलिउड अभिनेता शाहिद कपूर एक पटक फेरि तेलुगु चलचित्रको हिन्दी रिमेकमा देखिने भएका छन्। उनले यही वर्षको अप्रिलमा रिलिज भएको तेलुगु चलचित्र ‘जर्सी’को हिन्दी रिमेकका लागि सम्झौता गरेका छन्।

यो चलचित्र ‘जर्सी’कै निर्देशक गौतम तिन्नानुरीले निर्देशन गर्नेछन्। चलचित्रको निर्माण अल्लु अरविन्द, अमल गिल र दिल राजुले गर्नेछन्। चलचित्र २०२० को अगष्ट २८ मा रिलिज हुनेछ। निर्देशक तिन्नापुरीले जर्सिको हिन्दी रिमेकमा शाहिद कपूर मुख्य भूमिकामा रहने पुष्टी गरे।

उनले भने, ‘फिल्मको हिन्दी रिमेकका लागि म एकदमै एक्साइटेड छु। अब यो चलिचित्र देशभरका दर्शक हेर्न पाउने छन्। जसका लागि शाहिद कपूर भन्दा राम्रो अरु कोही हुन सक्दैन। किनकी उनले पहिले पनि एक साउथ इण्डियन चलचित्रको हिन्दी रिमेकमा आफ्नो जादू देखाइसकेका छन्।’

केही समयअघि प्रदर्शनमा आएको शाहिद कपूरको मुख्य अभिनय रहेको चलचित्र ‘कबिर सिंह’ तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक हो। ‘जर्सी’मा एक असफल क्रिकेटरको कथा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *