डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते, ४ जनाकाे अवस्था गम्भिर
डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८२३५ नं को बस दुर्घटनामा परेको हो।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए।
उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पुर्याइएको छ। दुर्घटनाको कारणबारे खुलेको छैन। बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment