मलेसियामा दशैँको दिन एक्कासी बेहोस भएका एक नेपालीको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७६ १२:१०

काठमाडौँ । रोजगारीका लागि मलेशिया गएका एक नेपालीको ज्यान गएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो।

दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया जानुभएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *