जब ड्यानियलले सनीलाई अरु कसैसँग यौनमा लिप्त भएको देख्थे…

एजेन्सी। सनी लियोनीका पति ड्यानियल वेबरको आज २० अक्टोरबरमा जन्मदिन हो । ड्यानियल एक प्रसिद्ध गितारवादक हुन् । उनको जन्म न्यूयोर्कमा भएको थियो । तीन सन्तानका अभिभावक यी दुईको पहिलो भेट भने निकै साधारण थियो । सामान्य साथीसँग जाँदा भेगासको एक क्लवमा यी दुईको भेट भएको थियो । सनीका अनुसार यो उनको लागि पहिलो नजरको प्रेम थिएन तर ड्यानियल भने सनीलाई पहिलो नजर देख्नासाथ मन पराउन थालेका थिए ।

सनीका अनुसार ड्यानियलले कतैबाट उनको नम्बर र इमेल आइडी खोजे तर उनले पहिले फोन गर्नुको सट्टा इमेल गरे । यो कुरा सनीलाई निकै मन पर्यो त्यसपछि उनीहरुको कुराकानी अगाडि बढ्न थाल्यो । एक दिन न्यूयोर्क जाने बेला ड्यानियलले सनीसँग भेट्ने समय मागे र सनीले पनि स्वीकार गरिन् । सनीका अनुसार पहिलो डेटमा उनी घण्टौं ढिलो पुगेकी थिइन् तर ड्यानियलले कुनै भद्र व्यक्तिले जस्तै उनको प्रतिक्षा गरिरहेका थिए ।

त्यहाँ उनीहरुले ३ घण्टा बिताए । सनीलाई त्यहाँ बिताउको पल निकै खास लाग्यो किनकि पूरै रेष्टुरेण्टमा उनीहरुबाहेक कोही थिएन । ड्यानियलले सनीलाई सिडी र संसारभरबाट फूलहरु संकलन गरेर तयार गरिएको गुलदस्ता उपहार दिएका थिए । यो देखेर सनी पनि ड्यानियलको प्रेममा परिन् ।

एक दिन सनी आफ्नो औंठी राख्नको लागि बक्स खोज्दै थिइन् । त्यही बेला ड्यानियलले उनलाई एउटा बक्स दिएर भने कि मसँग तिम्रो लागि एउटा अर्को औंठी छ । सनीलाई ड्यानियलको प्रपोज गर्ने यो तरीका निकै मन पर्यो र उनले ड्यानियलको प्रस्ताव स्वीकारिन् । सनीका अनुसार उनलाई अरु कसैसँग यौन सम्बन्ध बनाएको देख्दा ड्यानियल जल्थे । उनलाई यस्तो मन पर्दैनथ्यो तर सनी एडल्ट स्टार थिइन् । यो समस्याको समाधानका लागि ड्यानियल आफैं पोर्न उद्योगमा आए । त्यसपछि उनीहरु दुईले नै पोर्न फिल्म बनाउन थाले र आफ्नो कम्पनी सुरु गरे । उनीहरुले २०११ मा विवाह गरे ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position