हलिउड गायिका लेडी गागाको ट्वीटले इन्टरनेटमा हलचल, हिन्दू खुसी हुँदा पश्चिमाहरु अल्मलिए

डिसी नेपाल
३ कार्तिक २०७६ १६:०१

काठमाडौं। हलिउड गायिका तथा अभिनेत्री लेडी गागाले आइतबार आफ्नो एक ट्वीटले इन्टरनेटमा हलचल मच्चाएकी छिन् । लेडी गागाले ट्वीटरमा एक संस्कृत मन्त्र लेखेर ट्वीट गरिन् जसलाई पढेर हिन्दू प्रयोगकर्ता खुसी भए तर अरु भने अलमलमा परे । लेडी गागाले ट्वीटरमा लेखिन् ‘लोकाः समस्ताः सुखिनो भवन्तु’ । जब यो ट्वीट पोस्ट भयो त्यसपछि पश्चिमा ट्वीटर प्रयोगकर्ताहरु यसको अर्थ र यसको पछाडि लुकेको सन्देश खोज्न लागेका छन् ।

लेडी गागाले ट्वीटरमा लेखेको संस्कृत मन्त्रको केही अंश मात्र हो । यो पूरा मन्त्र ‘स्वस्तिप्रजाभ्यः परिपालयंतां न्यायेन मार्गेण महीं महीशाः । गोब्राह्मणेभ्यः शुभमस्तु नित्यं लोकाः समस्ताः सुखिनोभवंतु ॥ ॐ शान्तिः शान्तिः शान्तिः’ हो । यो ट्वीट अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । अहिलेसम्म यसलाई १३ हजार रिट्वीट र ५७ हजारले लाइक गरिसकेका छन् ।




प्रतिक्रिया

6 thoughts on “हलिउड गायिका लेडी गागाको ट्वीटले इन्टरनेटमा हलचल, हिन्दू खुसी हुँदा पश्चिमाहरु अल्मलिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *