विश्वास गर्न गाह्रो, तर सत्य ! खेलौना हाे की भूत? (भिडियाे)

डिसी नेपाल
५ कार्तिक २०७६ ११:००

एजेन्सी। द्वितीय विश्व युद्धका क्रममा बनेको एउटा खेलौनाको हरकत क्यामरामा कैद हुँदा धेरै जना चिच्याए। यो खेलौनाले आँखा झिम्क्याएको र मुख चलाएको दृष्य क्यामरामा कैद भएको छ।

१९४० मा बनाइएको यो खेलौनाको नाम मिस्टर फ्रिट्ज हो। यो खेलौनाको मालिकको नाम माइकल डायमण्ड हो। ४८ वर्षीय माइकलका अनुसार यो खोलैना नाजी वल्र्ड वार टू क्याम्पको एक बन्दीले बनाएका थिए।

सुरुवातमा जब माइकलले यो खेलौना लिएर गए तब कयौं खेलौना राखिएको बक्साको ढोका खुल्लै हुन्थ्यो। यो रहस्यलाई थाहा पाउन माइकलले खेलौना राखिएको बक्सा अगाडि एउटा क्यामरा जडान गरे।

विहान उठेर जब माइकल र उनका परिवारले भिडियो हेरे सबैको होश उड्यो। भिडियोमा अबेर राति खेलौना राखिएको बक्साको ढोका खुल्छ। ढोका खुलेपछि खेलौनाले आँखा झिम्क्याउँछ र मुख पनि चलाएको देखिन्छ। माइकलका अनुसार यो सबै दृष्य विचित्रका थियो। उनले यो कसरी भयो भनेर बुझेका समेत थिएनन्।

यो डरलाग्दो खेलौना एक अमेरिकी कैदीले बनाएका थिए। उनी जेलमा बन्द हुनु अगाडि वेंट्रिकक्विस्टको काम गर्थे। माइकललाई यो खेलौना एक जना मिलेट्री कलेक्टरले दिएका थिए।

माइकलका अनुसार उनकी श्रीमती र दुई बच्चालाई यो खेलौना मन पर्दैन थियो। तै पनि उनीहरुले आफ्नो कलेश्कन बढाउनका लागि यसलाई लिएर आएका थिए। विस्तारै विस्तारै माइकल र उनका परिवारले के बुझ्यो भने यो खेलौनामा केही गडबड छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *