पक्राउ परेका गायक दुर्गेश थापालाई प्रहरीले यस्तो शर्तमा छाड्यो
काठमाडौं। ‘ह्याप्पी तिहार’ बोलको गीत गाएका कारण पक्राउ परेका गायक दुर्गेश थापालाई प्रहरीले छाडेको छ। महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले अब उप्रान्त समाजमा अपाच्य गीत नगाउने कागजी सम्झौतासहित थापालाई छाडेको हो।
गायक थापाविरिुद्ध जिल्ला प्रशासन कार्यलयमा ‘ह्याप्पी तिहार’ गीतमार्फत समाजमा बियर, गाजा लगायतका सामग्रीलाई प्रोत्साहन गर्दै समाजमा गलत सन्देश प्रवाह गरेको आरोपमा उजुरी परेको थियो। उजुरीको आधारमा प्रहरीले आज दिउँसो काठमाडौंस्थित गोंगबुबाट गायक थापालाई पक्राउ गरेको थियो।
पक्राउपछि गायक थापाले प्रहरी कार्यलयमा आफूबाट गल्ती भएको स्वीकार गर्दै युट्युबबाट गीत हटाएका छन्। आफूले गीतमा प्रयोग गरेका शब्दले समाजको संस्कृति भड्किएको भन्दै उनले क्षमा समेत मागेका छन्। प्रहरी कार्यलयमा सम्झौताअनुरुप उनले अन्य दर्शक/श्रोतालाई समेत उक्त गीत पुनःअपलोड नगर्न सार्वजनिक रुपमा अनुरोध समेत गरेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment