अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जना पक्राउ
सांकेतीक तस्वीर-
काठमाडौं । अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका १० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ७ बस्ने ५४ वर्षीय राजेन्द्र प्रसाद पाण्डे रहेका छन्।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले त्रिपाठीलाई अवैध लागूऔषध गाँजा १ केजी ४ सय ग्राम सहित काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट तथा पाण्डेलाई अवैध लागूऔषध गाँजा ३ केजी र लागूऔषध चरेश ७ केजी सहित काठमाडौं महानगरपालिका १६ पकनाजोल सोह्रखुट्टेस्थित डिलाइट होटलबाट पक्राउ गरेको हो।
उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।
कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ
सिराहा । कुटपिट मुद्दाका फरार प्रतिवादी मुसिरहा नगरपालिका २ महरा टोल बस्ने ५५ वर्षीय धनिकलाल महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको संयुक्त प्रहरीले टोलीले महरालाई उनकै घरबाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अवैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको
बारा । जितपुर सिमरा उपमहानगरपालिका ७ पहाडी टोलस्थित ४ वटा र सोही उपमहानगरपालिका ३ रामवन टाँडी टोलस्थित ३ वटा गरी जम्मा ७ वटा रक्सी भट्टीमा रहेको करिब ६ हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ।
साथै पहाडी टोल बस्ने ५२ वर्षीय खोब बहादुर दर्लामी मगरलगायत ४ जनालाई ३ लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने सानो ठूला गरी २५ वटा आलमुनियमको भाँडा सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय जितपुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उक्त कच्चा पदार्थ नष्ट गर्नुका साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment