विभिन्न मुद्दामा फरार ५ जना एकैदिन पक्राउ

डिसी नेपाल
६ कार्तिक २०७६ ११:२५

लहान । विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ।

चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी ६२ वर्षीय रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा नं ७ निवासी २६ वर्षीय बालकृष्ण मुखिया र वडा नं ५ निवासी ६० वर्षीया लखिपतदेवी साहलाई प्रहरीले एकै दिन पक्राउ गरेको हो।

पक्राउ परेका महरा र मुखिया कुटपिट मुद्दाको फरार अभियुक्त हुन् भने गडेरी चोरी तथा बालकृष्ण मुखिया र लखिपतदेवी साह लेनदेन मुद्दामा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *