निश्चल–स्वस्तिमाको गुनासो : हाम्रो सम्बन्ध राम्रो छैन भन्दै हल्ला फैलाउने केही ‘भाइरस’हरु छन्
काठमाडौं। नेपाली फिल्म क्षेत्रमा लोकप्रिय छ, निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी। यो जोडीलाई दर्शकले पनि अत्याधिक रुचाउँदै आएका छन्।त्यसैले त यी दुईलाई कतिपय दर्शकले ‘राष्ट्रिय दाई–भाउजू’को संज्ञासमेत दिने गर्छन्।
केही म्युजिक भिडियोमा संगै काम गरेको यो ‘क्युट जोडी’ पहिलोपटक फिल्ममा एकसाथ देखिँदैछन्। यी दुईको फिल्म ‘घामड शेरे’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। विवाहित जोडी फिल्ममा भने साली–भेनाको रूपमा देखिनेछन्। केही दिनअघिको भेटमा यी दुईले बजारमा आफूहरुको सम्बन्ध बिग्रिएको हल्ला चलेकोप्रति गुनासो पोखे।
‘फिल्म इण्डष्ट्रिमा एक–दुई जना ‘भाईरस’ छन्। जसले आजसम्म हामीलाई संगै देखेको पनि छैन्। तिनिहरुले यत्तिकै हाम्रो सम्बन्ध राम्रो छैन् भन्दै हल्ला फैलाउँदै आएका छन्’– हल्ला फैलाउनेलाई ‘भाइरस’को संज्ञा दिँदै स्वस्तिमाले भनिन्।
निश्चल बजारमा चल्ने हल्लाप्रति आफूहरु दुवै सचेत रहेको बताउँछन्। भन्छन्, –‘यस्ता हल्ला चलेपनि यसमा हामी दुवै सचेत छौं। एकअर्कालाई शंका गर्दैनौं।’
बेलाबेलामा निश्चल–स्वस्तिमाको उमेर अन्तरका कारण सम्बन्ध राम्रो नभएको हल्ला चल्ने गर्छ। तर, दुवै उमेर अन्तरले सम्बन्ध झन् बलियो बनेको बताउँछन्।
‘उमेर फरक भएका कारण कुरा मिलिरहेको छ। हरेक कुरामा यति धेरै सहज भएको छ’– स्वस्तिमा भन्छिन्। निश्चल र स्वस्तिमाले चार वर्ष अगाडी बिहे गरेका हुन्। यी दुईको उमेर झण्डै १५ वर्ष फरक छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment