जनकपुरमा गोली हानेर एक व्यक्तिको हत्या, पेस्तोलसहित आरोपित पक्राउ

डिसी नेपाल
६ कार्तिक २०७६ १२:२५

धनुषा । बुधबार बिहानै जनकपुरधाममा एक जना पुरुषको गोली हानी हत्या भएको छ ।

जनकपुर उपमहानगरपालिका-१४ मुजेलियमा स्थित विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज साहको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार, स्थानीय पंकज साहसँग पैसाको कारोबार भएको र पैसा माग्न जाँदा प‌ंकजले मनोजको गोली हानी हत्या गरेको हो ।

अहिले हत्याको आरोप लागेका पंकज कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।

मृतक शाहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरील्ले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *