नेपालमा पोषणसम्बन्धि विश्व सम्मेलन हुने

डिसी नेपाल
६ कार्तिक २०७६ १९:२५

काठमाडौं । पोषणसम्बन्धि विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ ।

राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्तिक १८ गतेदेखि काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बढि पोषण पनि कुपोषण हो भन्ने सन्देश समेत दिने गरी आयोजना हुने सो सम्मेलनका विश्वका विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन्।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने पनि आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिए। ४ दिनसम्म चल्ने सम्मेलनमा कुपोषणबाट मुक्ती पाउनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ। उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि सो विश्व सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ।

‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ मूल नाराका साथ आयोजना हुने सो विश्व सम्मेलनमा पोषणका क्षेत्रमा कार्यरत एक सयभन्दा बढि अन्तराष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *