नेपालमा पोषणसम्बन्धि विश्व सम्मेलन हुने

डिसी नेपाल
६ कार्तिक २०७६ १९:२५

काठमाडौं । पोषणसम्बन्धि विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ ।

राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्तिक १८ गतेदेखि काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बढि पोषण पनि कुपोषण हो भन्ने सन्देश समेत दिने गरी आयोजना हुने सो सम्मेलनका विश्वका विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन्।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने पनि आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिए। ४ दिनसम्म चल्ने सम्मेलनमा कुपोषणबाट मुक्ती पाउनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ। उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि सो विश्व सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ।

‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ मूल नाराका साथ आयोजना हुने सो विश्व सम्मेलनमा पोषणका क्षेत्रमा कार्यरत एक सयभन्दा बढि अन्तराष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *