अवैध रुपमा ल्याएका विभिन्न सामान बरामद
फाइल फाेटाे
मोरङ । भारतबाट अवैध रुपमा ल्याएको करिब १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मंगलबार बरामद गरेको छ।
बरामद भएका सामानहरुमा उक्त रुपैयाँ मूल्य बराबरका विभिन्न मोटर पार्टहरु, गिलास, बटुका, पापड, विभिन्न लत्ताकपडा, सुर्ती, सुपाडी, वदम र सुनपाप्री लगायतका छन्।
उक्त सामान विराटनगर महानगरपलिकाका वडा नम्बर ६, १० र १४ का विभिन्न स्थानबाट बरामद गरिएको हो।
बरामद सामान आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment