‘हामी यस्तै त हो नि ब्रो…’ गायक भिटेन पक्राउ

डिसी नेपाल
७ कार्तिक २०७६ १२:०३

काठमाडौं। चर्चित र्यापर भिटेन पक्राउ परेका छन्।

बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई जाउलाखेलबाट नियन्त्रणमा लिईएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले डिसी नेपाललाई जानकारी दिए।

भिटेन पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो’ बोलको र्याप गीतबाट चर्चामा आएका थिए। त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए।  थापाका अनुसार भिटेनमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाईनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *