चितवनले जित्यो वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि

डिसी नेपाल
७ कार्तिक २०७६ १५:०७

काठमाडौं। पहिलो पटक आयोजना भएको फ्रेन्चाइज महिला टि ट्वान्टी क्रिकेट लिगको उपाधि चितवन राइनोजले जितेको छ। क्विन्स इभेन्ट प्रा.लीको आयोजना भएको वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले उचालेको हो।

बिहीबार भएको उपाधि भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो ।लिग चरणमा पनि चितवनले काठमाडौंलाई पराजित गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । काजल र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । काजल २१ र कञ्चन १९ रनमा आउट भइन् ।

सुमन खतिवडाले रितु कनोजियासँग ३५ रनको साझेदारी गरिन् । टिमको स्कोर ८४ हुँदा सुमन २९ रनमा आउट भइन्। थप दुई रन जोड्दा रितु आउट भइन् ।

कप्तान इन्दु बर्माले पाँचौं विकेटका लागि प्यारी चौधरीसँग मिलेर अविजित २६ रनको साझेदारी गर्दै टिमको पारी उकासिन् ।

११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात नै राम्रो हुन सकेन । टिमको स्कोर ९ रन हुँदा शोभा आले आउट भइन् । त्यसपछि लगातार तीन विकेट गुमायो । अप्सरी बेगमले सम्हालिएर खेल्न खोजेकी थिइन् तर १५ रनमा आउट भइन् । ममता थापाले १३ रन बनाइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *