सामाजिक सुरक्षामा आवद्ध हुने समय सीमा एक महिना थपियो

डिसी नेपाल
७ कार्तिक २०७६ १६:२८

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले बिहीबार पत्रकार सम्मेलन गरी सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गर्ने जानकारी दिएको हो । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो ।

सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक विदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको कोषले जनाएको छ । सूचीकृत हुने समयबारे राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गर्ने जानकारी कोषले दिएको छ ।

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । यसबाट७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *