नेपालका कम्युनिष्टसँग सैद्धान्तिक बहस गर्नुपर्ने बेला आयो : काँग्रेस नेता पौडेल

डिसी नेपाल
७ कार्तिक २०७६ १७:१९

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुसंग सैद्धान्तिक र बैचारिक बहस गर्नु आवश्यक रहेको बताएका छन्।

नेपाल वित्तिय संस्था कर्मचारी संघले बडा दशैं, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा विहीबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे नेता पौडेलले मुलुकलाई बचाउनका लागि कम्युनिष्टहरुसँग नेपाली कांग्रेसले बैचारिक बहस चलाउनुपर्ने बताएका हुन्। उनले कम्युनिष्टहरुले गरेको प्रतिवद्धता अनुसार काम हुन नसकेको भन्दै विगतमा उनीहरुले गरेको प्रतिवद्धता र वर्तमान कार्यशैलीका बारेमा व्यापक बहसको आवश्यकता रहेको बताए।

सरकारको कार्यशैलीका कारण मुलुकमा विभिन्न जातिवाद र अराजनीतिक कुराहरु उठिरहेको र त्यस्ता गतिविधिका कारण समाज असान्त र बेचैनिको अवस्थामा रहेको टिप्पणी उनले गरे। उनले कम्युनिष्टसँग बैचारिक बहस गरी मुलुकलाई सिद्धान्त र विचारको राजनीतिमा डोर्याउनुपर्ने बताए।

नेता पौडेलले पार्टी भित्रै पनि निष्ठा, आदर्श र मुल्य मान्यताको राजनीतिलाई जोगाउनुपर्ने आवश्यकता औल्याए। हिंसा र अशान्तिलाई निरुत्साहीत गर्दै मुलुकलाई स्वच्छ बाटोमा डोर्याउने सन्र्दभमा पार्टी भित्र पनि सबै इमान्दार बन्नुपर्ने र लोकतन्त्रको रक्षा गर्ने अभिभारा कांग्रेसले लिनुपर्ने बताए। उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्तरिक रुपमा पनि मजबुत हुनुपर्ने आवश्यकता औल्याए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *