प्रहरी पोशाक दुरुपयोग गरेको अभियोगमा पक्राउ

डिसी नेपाल
७ कार्तिक २०७६ १९:२३

काठमाडौं । अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका ५ ठेगाना भएका आफूलाई र्‍यापर भन्न रूचाउने भिटेन, समिर घिसिङ्ग भन्ने २२ वर्षीय समिर लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

“हामी यस्तै त हो नी ब्रो” बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेका समिरलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको उक्त महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *