पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन
काठमाडौं। पूर्व प्रहरीमहानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ। बिहीबार ८२ वर्षको उमेरमा हेम्स हस्पिटल मण्डिकाटारमा उनको निधन भएको हो।
बझाङको बुंगलन नगरपालिका ६ मा जन्मिएका सिंह हाल काठमाडौं महानगरपालिका ६ बाँसबारी बस्दै आएका थिए। दिंवगत सिंहको शुक्रबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
नेपाल प्रहरीका १२ औं महानिरीक्षक सिंह २०४३ साल असारमा महानिरीक्षक भएका थिए। उनी २०४७ जेठसम्म प्रहरीको नेतृत्वमा रहेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment