अर्घाखाँची समाज जापानद्वारा जिल्ला अस्पताललाई सहयोग

डिसी नेपाल
८ कार्तिक २०७६ ११:५८

टोकियो । अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कलाई बिभिन्न सामाग्रीहरू हस्तान्तरण गरेकाे छ।

रोजगारीको सिलसिलामा जापानमा बस्ने अर्घाखाँची बासीहरूको साझा संस्था अर्घाखाँची समाज जापानको विशेष पहलमा बिहीबार एक कार्यक्रमका बिच अस्पताललाई करिब २ लाख ५० हजार बराबरका सामाग्रीहरू हस्तान्तरण गरिएको हो।

अस्पतालमा आवश्यक पर्ने सेमिडिलक्स बेड ६ थान, बेड साइड लकर ६ थान, थ्री सिटर चेयर ४ थान र तातो चिसो पानी आउने वाटर डिस्पेन्सर १ थान लगायतका सामाग्रीहरू समाजका उपाध्यक्ष कृष्ण केसीले अस्पतालका प्रमुख डा। जगनाथ तिवारीलाई हस्तान्तरण गरेका हुन्।

अस्पतालका प्रमुख डा। जगनाथ तिवारीले समाजले गरेको सहयोगको प्रशंसा गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *