हत्या आरोपित आलमलाई थप ८ दिन थुनामा राख्न अदालतको अनुमति
फाईल तस्बिर
रौतहट । २०६४ सालमा सामूहिक हत्या गरेको लगायत आरोपमा पक्राउ परेका सांसद् मोहम्मद आफताब लाई ८ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका आलमलाई थप अनुसन्धानका लागि ८ दिन थुनामा राख्न जिल्ला प्रहरी कार्यालय रौतहटले तेश्रोपटक म्याद थपेको हो।
दोस्रो पटक पाँच दिन थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले १० दिन समय माग गरेकोमा न्यायाधीश केशव पाण्डेको इजलासले ८ दिनको समय थप गरेको हो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment