ट्रेलरमा गल्ती हुँदा दबंग ३ ट्रोलको शिकार
मुम्बइ। सलमान खान स्टारर ‘दबंग ३’को ट्रेलर सार्वजनिक भइसकेको छ। ट्रेलरमा सलमान आफ्नो चिरपरिचित अन्दाजमा देखिएका छन् भने अर्कोतर्फ सिनेमाका निर्माताले गरेको एउटा गल्तीका कारण सिनेमा ट्रोल भइरहेको छ।

सिनेमाको ट्रेलरको अन्तिममा अंग्रेजीमा लेखिएको रिलिज मितिमा डिसेम्बर महिनाको हिज्जे गलत छ। सामाजिक संजाल प्रयोगकर्ता त्यसमा पनि विशेषगरी ट्विटर प्रयोगकर्ताहरूले सिनेमाको यस गल्तीलाई लिएर सिनेमाको ट्रोल गरेका हुन्।
ट्रोल भइसकेपछि हाल सो गल्ती निर्माण पक्षले सच्याइसकेको छ। यसअघि सलमानको ‘रेस ३’ पनि ट्रोलको सिकार भएको थियो। त्यतिबेला थुप्रै मिमसमेत बनाइएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment