‘सरौतो’ गीत : राजनराज र मिलनको स्वरमा ‘रिङ्ग टिङ्ग टिङ्ग’
काठमाडौं। चलचित्र ‘सरौतो’को लोक लयको गीत सार्वजनिक गरिएको छ।
राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको ‘रिङ्ग टिङ्ग टिङ्ग’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा राजनराजकै शब्द तथा संगीत छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन्।
कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई हरी हुँमागाईले निर्देशन गरेका हुन्। चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय छ।
राघव कृष्ण गौतमको लेखन रहेको चलचित्रले बदलाको कथा भन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment