कुवेतमा कार्यस्थलमै एक नेपालीको मृत्यु
कुवेत। काम गरिरहेकै अवस्थामा कुवेतमा एक नेपालीको ज्यान गएको छ । भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर गत बुधवार दिउँसो आफू कार्यरत कम्पनीको कार्यस्थलमा मृत अवस्थामा भेटिएका हुन्।
रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत आएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए।
बुधवार दिउँसोको डिउटीमा रहेका मगर काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएका थिए।

उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको छ।
घटनाबारे जानकरी पाए लगत्ते कुवेतमा रहेको नेपाली दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment