आमाको मृत्युपछि कुपोषित छेराछोरीका बाबु बेखबर

डिसी नेपाल
११ कार्तिक २०७६ १०:५१

बाजुरा। जिल्लाको स्वामिकार्तिक गाउँपालिका–१ साप्पाटामा आमाको मृत्यु पछि बाबु बेखर भएकाले दुई नाबालक अलपत्र बनेका छन्। आमा बच्ची लुवारको गत साउन मृत्यु भएको थियो। बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन्।

घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन वर्षका देबदत्त र छ महीनाकी वसन्ती छन्। सम्पत्तिको नाममा एउटा घरसमेत नभएकी सुकीलाई नाति नातिनी पाल्न निकै सकस भएको छ। छ महीनाकी वसन्तीलाई गाईभैँसीको दूध मागेर पालिरहेकी छन्। दुबैजनालाई पाल्नका लागि गाउँ चाहर्ने गरेको उनले बताइन्।

अलपत्र रहेका दुवैजना कुपोषित भएका छिमेकी सुमित्रा भण्डारीले बताइन्। आफूलाई कसरी यिनीहरुको पेट पाल्ने भन्ने चिन्ताकै कारण उपचारसमेत गराउन नसकिएको बजै सुकीले बताइन्। सरकारले आमा र बच्चालाई लक्ष गरेर ‘सुनौला हजार दिन’ कार्यक्रम ल्याए पनि र स्थानीय निकायले लिटो, अण्डा, कुखुरा वितरण गरे पनि उनीहरुले अहिलेसम्म केही सहयोग पाएका छैनन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *