बालुवाटारमा ओली र प्रचण्डबीच एक घण्टा लामो छलफल

डिसी नेपाल
११ कार्तिक २०७६ १२:२३

काठमाडौं। पछिल्लो समय सत्तारुढ दल नेपकभित्र दुई अध्यक्षबीच दूरी बढेको समाचार सार्वजनिक भइरहेका बेला सोमबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच एक घण्टा लामो छलफल भएको छ।

प्रधानमन्त्री ओली आइतबार विहान बाकुबाट फर्किएपछि सोमबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। करिव एक घण्टा लामो भेटवार्तामा मंसिर २१ मा हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था र पार्टी एकता प्रक्रियलगायतका विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

पार्टी एकता गर्दा दुई दलबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै पछिल्लो समय पूर्व माओवादी खेमा प्रधानमन्त्री ओलीसँग रुष्ट भएको भनिएको बेला भएको दुई अध्यक्षबीचको छलफललाई महत्वका साथ हेरिएको छ।

यद्यपी प्रधानमन्त्री ओलीले आइतार बाकुबाट स्वदेश फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्ड र आफूहरुबीच दूरी बढेको भन्ने विषय सत्य नभएको बताएका थिए। यसैगरी अर्का अध्यक्ष प्रचण्डले पनि आफूहरुबीच नियमित छलफल भइरहेको र बाहिर आएको जस्तो कुनै तिक्तता नभएको बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *