हेलो सरकारमा एक हजार बढी जनगुनासो

डिसी नेपाल
११ कार्तिक २०७६ १४:१९

काठमाडौं। सरकारले सर्वसाधारणको गुनासो सुन्न संचालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन्।

हेलाे सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक संजालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिइन्। त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै सम्बोधन गरिएको छ।

३२८ वटा गुनासो भने अध्ययनको प्रक्रियामा रहेका छन्। ती गुनासोहरु सम्बन्धित निकायमा फरवार्ड गरिएको पनि हेलो सरकारकी शाखा अधिकृत आचार्यले बताइन्।

हेलो सरकारमा धेरैजसो यातायात क्षेत्रको बेथितिबारे गुनासो आउने गरेको छ। त्यसैगरी विकास, निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे पनि गुनासो आउने गरेको हेला सरकारले जनाएको छ। शाखा अधिकृत आचार्यका अनुसार सार्वजनिक सेवा प्रवाहमा जनताले हैरानी व्यहोर्नु परेको गुनासो पनि धेरै आउने गरेका छन्।

सरकारले जनताको गुनासो तत्काल सम्बोधन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी सो गुनासो सम्बन्धन गर्न हेला सरकार गुनासो व्यवस्थापन प्रणाली संचालनमा ल्याएको हो। यस प्रणालीले जनताको गुनासोलाई अभिलेखिकरण गरी सम्बन्धित निकायमा समस्या समाधानका लागि फरवार्ड गरिदिने काम गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *