जीपबाट खसेर एक जनाको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०७६ १८:१०

बैतडी। जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज मृत्यु भएको हो । जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताए । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *