प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

डिसी नेपाल
११ कार्तिक २०७६ १९:४०

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। दुई अध्यक्षबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएका थिए।

भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । ‘हिजो जान मिलेन। त्यसैले आज जानुभएको हो,’ सापकोटाले भने, ‘भेटमा कुनै विशेष विषयमा केन्द्रित भएर छलफल भएन। प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रमबारे मात्रै छलफल भएको हो।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि नियमित भेटघाट मात्रै रहेको जानकारी दिए। ‘प्रधानमन्त्री अजरबैजान जानुभएकाले त्यही विषय र अन्य नियमित कुराकानी भए,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *