विकासका लागि अघि सारेको अभियान सकारात्मक: नेता नेपाल

डिसी नेपाल
११ कार्तिक २०७६ २०:१०
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताएका छन् । सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरकारले जनअपेक्षा अनुसार काम गर्दै अगाडि बढ्नुपर्ने बताए ।
वरिष्ठ नेता नेपालले मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको बताउँदै सरकारले विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्नुपर्नेमा जोड दिए । उनले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समावेशी र समतामूलक विकासमा लाग्नुपर्नेमा जोड दिदैं  नेताले कुरा भन्दा बढी काम गर्नुपर्ने सन्देश चिनियाँ राष्ट्रपति सी चीनफिङले दिएको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, जिसस प्रमुख नवराज गेलाल, चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईं लगायतले सबै मिलेर देश विकास गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *