उपप्रधानमन्त्री उपेन्द्र यादवले भने – ‘संविधान संशोधनका लागि जेसुकै गर्न तयार छु

डिसी नेपाल
११ कार्तिक २०७६ २०:५८

सिराहा । उपप्रधान तथा स्वाथ्य, जनसंख्या तथा तावावरणमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि हर कदम उठाउन आफू तयार रहेको बताएका छन्। सिरहा नगरपालिका १९ सन्हैठामा स्वास्थ्य चौकीको उद्घाटन तथा विश्वनाथ यादबको आठौं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री यादबले संविधान संशोधनका लागि आवश्यक कदम उठाउन समीक्षा गरिरहेको बताए।

उनले संविधान संशोधनको सर्तमा नेकपाको सरकारमा सहभागी भएको भन्दै संविधान संशोधनमा वादा पूरा गर्ने दायित्व नेकपाको भएको जिकिर गरे। समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादबले कृषि क्षेत्रको विकास नभए देश कंगाल बन्ने बताए। उनले कृषि क्षेत्रको विकासका लागि कमला-कोशी डाइभर्सन आयोजनाको काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले कमला-कोशी डाइभर्सनले प्रदेश २ मा सिँचाइको समस्या अन्त्य हुने बताए। कृषि क्षेत्रको विकास भए मात्र देशको विकास हुने र गरिबी पनि अन्त्य हुने जिकिर गरे।

यस्तै प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादबले प्रदेश सरकारले अनुदानको नीति हटाएर सामुहिक खेतीको अवधारणा अगाडि बढाउन लागेको बताए। उनले समृद्धिका लागि सामुहिक खेतीको अवधारणा लिएर प्रदेश सरकार अगाडि बढिसकेको र यसका लागि मलखाल, सिंचाई र कृषि उपकरणको व्यवस्थापन मिलाउने पनि बताए। कार्यक्रममा स्वास्थ्य चौकीका लागि जग्गा दान दिएका जगदिश यादब र भिखरु यादबलाई सम्मान समेत गरेको छ। स्वास्थ्य चौकीका लागि यादबद्बयले डेढ/ढेड कट्ठा जग्गा दान गरेका हुन्। साथै उपप्रधान मन्त्री यादव र प्रदेशमन्त्री विजय यादवले समाजवादी पार्टीका नेता रामरिझन यादवका बुवा स्वर्गीय विश्वनाथ यादवको योगदानको चर्चा गरेका थिए‍।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *