कुखुराको खोरबाट दुई दर्जन जुवाडे पक्राउ

डिसी नेपाल
१२ कार्तिक २०७६ १६:५४

लमजुङ। बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबा बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए।

पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *