मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ।
बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।
चौताराबाट इर्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment