आईएस प्रमुख बग्दादीलाई मार्न मुख्य भूमिका निर्वाह गरेको त्यो कुकुर

डिसी नेपाल
१३ कार्तिक २०७६ ९:१८

वाशिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एउटा कुकुरको फोटो सार्वजनिक गरे, जसले आईएसआईएस प्रमुख अबु बकर अल बग्दादीलाई मार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। अमेरिकाले आइतबार पश्चिमी सीरियाको बारिशा नजिकै एक अपरेशनमा बग्दादीलाई मारेको थियो। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो कुकुर बेल्जियन मालिानोस नस्लको हो। यद्यपी अमेरिकी सेनाले यसको खुलासा गरेको छैन।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्–हामी त्यो कुकुरको फोटो सार्वजनिक गर्दैछौं, जसले आईएसआर्ईएस अबु बकर अल–बग्दादीलाई मार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।’

यो कुकुर आर्मी डेल्टा फोर्समा कार्यरत छ, जो जटिल अपेरशनका लागि ख्याति प्राप्त हुन्छ। अमेरिकी सेनाको एक जना अधिकृतका अनुसार बग्दादी विरुद्ध चलाइएको अपरेशनमा यो कुकुर सामान्य घाइते भएको थियो। तर, यो स्वस्थ भइरहेको छ। राष्ट्रपति ट्रम्पले यो कुकुरलाई ‘सुन्दर र प्रतिभावान’ भएको टिप्पणी गरे। तर, यसको विषयमा विस्तृत जानकारी भने दिइएको छैन।

अमेरिकी सेनाले आतंकवादी संगठन विरुद्ध चलाएको अपरेशनमा कुकुरको सहायता दिएको यो पहिलो पटक भने होइन। यसअघि २०११ मा काहिरा नाम गरेको कुकुरले पाकिस्तानको एबटाबादमा अलकायदा प्रमुख ओसामा बिन लादेन विरुद्ध चलाएको अपरेशनमा लादेनलाई समाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। काहिराले सेनाको बाटो बनाउनका लागि बाटो सुरक्षित गरेको थियो। अमेरिकी सेनामा समान्य रुपमा जर्मन शेफर्ड र बेल्जियन मालिनोस नस्लको कुकुरलाई प्रयोग गर्ने गरिन्छ।

अमेरिकी सेनाको आक्रमणपछि आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) प्रमुख अबु बकर अल–बग्दादीले आइतबार राति सुसाइड ब्लास्टमा आफूलाई मारेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले बग्दादीको मृत्यु भएको पुष्टि गरेका थिए। ट्रम्पले अपरेशनमा सहभागी सैनिकको प्रसंसा गर्दै भने–हाम्रो मिशन शानदार तरिकाबाट पूरा भयो। बग्दादी अमेरिकी शक्तिदेखि डराएर चिच्याउँदै मर्यो। उसँगै आईएसका अन्य आतंकवादी पनि मारिएका छन्।’

ट्रम्पका अनुसार बग्दादीले अमेरिकी सेना आएको थाहा पाएपछि आफू बसेको ठाउँ भन्दा तल खनिएको सुरुङबाट भाग्ने प्रयास गरेका थिए। उनले आफूसँग तीन बच्चालाई पनि सँगै लगेका थिए।

यही क्रमम सैनिक र मिलिट्री कुकुरले बग्दादीको पिछा गरे। सुरुङबाट भाग्ने क्रममा बाटो नपाएपछि उनले आत्मघाती ज्याकेटलाई विस्फोट गराएका थिए। सो विस्फोटमा उनी र उनका तीन बच्चाकोसमेत मृत्यु भयो।

राष्ट्रपति ट्रम्पका अनुसार उक्त विस्फोटमा बग्दादीको शरीर क्षत विक्षत भएको छ। तर उनको पहिचना भने भएको छ। ट्रम्पका अनुसार बग्दादीलाई मार्नका लागि सीरियाको इदलिब प्रान्तमा मिलिट्री हेलिकप्टर, विमान र ड्रोनको कभरमा स्पेशल फोर्सलाई जमिनमा उतारिएको थियो। त्यसपछि सैनिकले बग्दादी विरुद्ध सैन्य कारवाही सुरु गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *