युएईको बरदुबईमा नेपाली पसल ‘स्मार्ट सोल्युसन’ सञ्चालनमा 

डिसी नेपाल
१३ कार्तिक २०७६ १०:४४

युएई । वैदेशिक रोजगारीका लागि खाडी मुलुक युएई पुगेका तीन नेपाली युवाले मिलेर व्यवसाय सुरु गरेका छन् । नेपालीहरूको भेटघाटको केन्द्र मानिएको बरदुबईमा नवलपरासीका तीन जना युवाले संयुक्त लगानीमा नेपाली पसल ‘स्मार्ट सोल्युसन’ सञ्चालनमा ल्याएका हुन्।

पसल युएईबाट बिदा तथा युएई बसाइलाई बिट मारेर स्वदेश फर्कने नेपालीहरूलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको हो। पसलमा विशेष गरि विभिन्न  चकलेटहरूका साथै खजुर, पिस्ता,  किसमिस, बदामलगायतका ड्राइफुड्सहरू पाइने सञ्चालक मध्येका एक सम्पत थापाले जानकारी दिए।

१४ वर्षदेखि युएईका विभिन्न होटलहरूमा लेखा, पर्चेज र कस्ट कन्ट्रोल विभागमा सिनियर अफिसरका रूपमा कार्यरत नवलपुर कावासोतीका सम्पत थापा, एयरपोर्ट फ्रीजोनमा कार्यरत नवलपुर गैँडाकोटका गुणानिधि पाण्डे र नेपालमै लामो समयदेखि व्यवसाय गरिरहेका युवा व्यावसायी गैडाकोटकै कुलप्रसाद गैरेले मिलेर यो पसल सञ्चालन गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *