करोड क्लबमा ‘एक कान दुई कान मैदान’
काठमाडौं। मेलिना राई र आशिष सचिन (गौतम)को आवाजमा रहेको गीत ‘एक कान दुई कान मैदान’ले युट्युबमा एक करोड भ्यूज प्राप्त गरेको छ।
हिमान्शु रायमाझी (गोधुल)को शब्द, भिम विसीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतलाई सार्वजनिक भएको ५० दिनमा युट्युबमा एक करोड बढी पटक हेरिएको हो।
दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल, अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन म्याकुरीको अभिनय रहेको छ।
अर्जुन तिवारीले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन्।
गीत करोड क्लवमा प्रवेश गरेसंगै गीतकार हिमान्शु रायमाझीले खुशी सेयर गरेकी छन्। उनले फेसबुकमा स्टाटस लेख्दै सबै दर्शक र स्रोताहरुलाई धन्यवाद दिएकी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment