‘हाउसफुल ४’ ले ५ दिनमा कति कमायो?
एजेन्सी । अक्षय कुमार स्टारर ‘हाउसफुल ४’ ले ५ दिनमा सय करोड भारूको आँकडा पार गरेको छ। रिलिजको पहिलो दिन १८.५० करोड भारूको कमाएको थियो।
सिनेमाले दोश्रो दिन १८ करोड, तेश्रो दिन १४.२५ करोड र चौथो दिन ३४.२५ करोड भारू कमाइ गरेको सिनेममाले पाँचौ दिन मंगलबार २४ करोडको कमाइ गर्दै सय करोड भारूको आँकडा पार गरेको हो।
सिनेमाले पाँच दिनकोअवधिमा कुल १०९ करोड भारू कमाइ गरेको छ। सिनेमा २५ अक्टोबरमा रिलिज भएको थियो। सिनेमामा अक्षयका साथै कृति सेनन, रितेश देशमुख, कृति खरबन्दा, बबी देवलको प्रमुख भूमिका रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment