सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
काठमाडौं। फिल्म ‘होस्टेल रिटन्र्स’बाट उदाएका अभिनेता हुन् सुशिल श्रेष्ठ। पहिलो फिल्मबाट उनले चौतर्फी तारिफ पाए। उनको लुक्स र सुगठीत शरिरको फिल्मवृत्तमा खुबै चर्चा भयो। फिल्म पनि हिट भइदियो।
तर, त्यसयता उनको फिल्मी यात्रा सुखद रहेन्। कारण, एकपछि अर्को फिल्म फ्लप भए। ‘कारखाना’, ‘सायद २’ फिल्म फ्लप हुँदा उनी निराश भए। त्यो समय उनले सोँच्थे, –फिल्म क्षेत्र मेरो लागि होइन् की !
केही दिनअघि डिसी नेपालसंगको कुराकानीमा सुशिलले त्यो समय आफूले अन्य फिल्म नै नगर्ने मनस्थितिमा पुगेको बताए।
सोही समयमा उनलाई ‘लभ डायरीज’बाट अफर आयो। ‘शुरुमा फिल्म गर्दिन भनेँ। निर्माण टिमले हौसला दिनुभयो। स्किृप्ट पनि राम्रो लाग्यो’ उनी सुनाउँछन्। ‘लभ डायरीज’मा काम गरे। त्यसपछि उनलाई ‘बादशाह जुट’बाट अफर आयो।
जुन फिल्म भोलि अर्थात शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। ‘बादशाह जुट’लाई लिएर सुशिल निकै आशावादी छन्। फिल्मबाट आफ्नो पुरानो चर्चा फर्काउने दाउमा छन् उनी। भन्छन्, –‘फिल्मको लागि धेरै मेहनत गरेको छु। धेरैले धेरै आशा लिएको छु।’ उनले फिल्मको लागि ६ महिना बढी वर्कशप गरे। १२ केजी तौल घटाए।
सुशील अगाडी थप्छन् –‘यति मेहनत क्यारेक्टरका लागि कहिल्यै गरेको थिएन्। दर्शकले फिल्मबाट नयाँ टेस्ट पाउनुहुनेछ।’
जोनी सिंह राणाको निर्देशनमा तयार भएको फिल्मले आफूलाई बादशाह सम्झने दुई युवाको कथा बोल्छ। फिल्ममा सुशिल एक पत्रकारको भूमिकामा छन्। सुशिलको साथमा आमिर गौतम, केइसा राउत, रोशी खड्का, रविन तामाङ लगायतका कलाकारको फिल्ममा मुख्य भूमिका छ।
तस्वीर सौजन्य : कुवेर डंगोल
No ads found for this position


डिसी नेपाल
Facebook Comment