चुनावमा आचारसंहित पालना गर्ने दलहरुको प्रतिवद्धता

डिसी नेपाल
१४ कार्तिक २०७६ २०:४३

काठमाडौं। देशका सबै राजनीतिक दलले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका लागि हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार आयोगमा भएको उपनिर्वाचनको तयारी तथा आचारसंहिताका सम्बन्धमा भएको छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालनाको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकारले पनि निर्वाचन आचारसंहिता पालना गर्दैै सरोकारवालाहरूबाट पनि त्यसको उल्लङ्घन हुन नदिने दृढता व्यक्त गरेको छ ।

उक्त छलफलपछि सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली काङ्ग्रेसका एनपी साउद, समाजवादी पार्टीका शिवजी यादव, राष्ट्रिय जनता पार्टीका सुरेन्द्र झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *