फ्राइडे रिलिज : हलमा सुशील र आमिरको ‘बादशाह जुट’

डिसी नेपाल
१५ कार्तिक २०७६ ९:५९

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबार (आज)बाट नेपाली फिल्म ‘बादशाह जुट’ देशब्यापी प्रदर्शनमा आएको छ। जोनी सिंह राणाको निर्देशनमा तयार भएको फिल्ममा सुशील श्रेष्ठ र आमिर गौतम शिर्ष भूमिकामा छन्।

आफूलाई बादशाह सम्झने दुई साथीको कथामा कमेडी शैलिमा निर्मित फिल्ममा सुशील पत्रकारको भूमिकामा छन् भने आमिर प्रहरी अफिसरको भूमिकामा प्रस्तुत छन्। साथमा केइसा राउत, रोशी खड्का, रविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ।

हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी रहेको फिल्ममा अभिषेक शशी कुमारको पटकथा, कृष्ण भारद्धाज, कोशिश क्षेत्री र मोहित मुनालको संगीत, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन तथा दिर्घ खड्काको सम्पादन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *