चौथो सातामा ‘छ माया छपक्कै’, तिन सातामा कति कमायो ?

डिसी नेपाल
१५ कार्तिक २०७६ १२:०६

काठमाडौं। असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ शुक्रबार (आज)देखि चौथो सातामा प्रवेश गरेको छ।

चौथो सातामा प्रवेश गर्दै गर्दा फिल्मले तिन सातामा कति कमायो?  निर्माता रोहित अधिकारीले डिसी नेपालसंग कुरा गर्दै फिल्मले तिन सातामा १३ करोड रुपैयाँ बराबरको ब्यापार गरेको जानकारी दिएका छन्। ‘प्रदर्शनको १७ दिनमा १२ करोड रुपैयाँको ब्यापार गरेको थियो, तेस्रो साता सकिँदा १३ करोड रुपैयाँ हाराहारीमा ब्यापार गरेको अनुमान छ’– निर्माता अधिकारीले भने, ‘बुधबार र बिहीबारको रिपोर्ट आउन बाँकी छ। यी दुई दिन पनि अधिकांश हल हाउसफूल थिए।’

निर्माता तथा कलाकार दीपकराज गिरीले पनि तिहारमा सबैजसो हलमा फिल्मले हाउसफूल ब्यापार गरेको बताए। उनले भने, –‘भाइटीकाको दिन र बुधबार बेलुकी शोको टिकट दिउँसै सकिएको थियो।’ उनले तिहारमा अपेक्षाभन्दा माथिको दर्शक पाएको भन्दै खुसी ब्यक्त गरे।

फिल्मले दोस्रो भन्दा तेस्रो सातामा अझ राम्रो ब्यापार गरेको निर्माण पक्षले जनाएको छ। अहिले पनि फिल्म हेर्न दर्शकको भीड बाक्लो छ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको प्रस्तुतिमा दीपेन्द्र लामाले फिल्मको निर्देशन गरेका हुन्। ‘छ माया छपक्कै’ दीपकराज गिरी, दीपाश्री निरौला र उनीहरूको टिमले निर्माण गरेको चौथो फिल्म हो।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *