फिल्म ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शनअघि अमेरिकामा प्रिमियर हुने
काठमाडौं। यही कार्तिकको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिस्टर नेपाली’को नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ।
निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा फिल्मको अमेरिकामा प्रिमियर हुन लागेको हो। हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे फिल्मको प्रिमियर हुन लागेको हो। यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा फिल्मको प्रिमियर हुनेछ।
यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा फिल्मको प्रिमियर हुन लागेको हो। १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो फिल्मको प्रिमियर हुनेछ। अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे फिल्मको प्रिमियर हुन लागेको हो।
विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको फिल्म ‘मिस्टर नेपाली’लाई देव भुषालको निर्देशन गरेका हुन्। फिल्ममा प्रेमराज दाहालको लगानी छ।
फिल्ममा नायक भूवन केसी दोहोरो भूमिकामा छन्। त्यस्तै नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकारहरु सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रवी डंगोल लगायतको अभिनय छ। फिल्मको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment