ओमानमा रहेका नेपालीलाई समुद्री किनारमा नजान आग्रह

डिसी नेपाल
१५ कार्तिक २०७६ १६:०७

काठमाडौं। ओमानस्थित नेपाली दुतावासले अरबियन सागरमा सामुद्रिक छालको मात्रा अत्यधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने नेपाली समुदायलाई समुद्री किनाराको छेउमा नजान र विशेष सर्तकता अपनाउन आग्रह गरेको हो ।

ओमानको मौसम पूर्वानुमान विभागका अनुसार ट्रपिलक चक्रवात ‘क्यार’ का कारण उक्त परिर्वतन आइरहेको छ। केही दिनसम्म यो जारी रहने दुतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *