ओमानमा रहेका नेपालीलाई समुद्री किनारमा नजान आग्रह
काठमाडौं। ओमानस्थित नेपाली दुतावासले अरबियन सागरमा सामुद्रिक छालको मात्रा अत्यधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने नेपाली समुदायलाई समुद्री किनाराको छेउमा नजान र विशेष सर्तकता अपनाउन आग्रह गरेको हो ।
ओमानको मौसम पूर्वानुमान विभागका अनुसार ट्रपिलक चक्रवात ‘क्यार’ का कारण उक्त परिर्वतन आइरहेको छ। केही दिनसम्म यो जारी रहने दुतावासले जनाएको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment