बनभोज खाएर फर्किएको ट्र्याक्टर दुर्घटना हुँदा तीन बालिाकाको मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०७६ २०:४५

दाङ। दाङको गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार शुक्रबार अपराहन्न भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् ।

ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवाचौकीमा उपचारका क्रममा तीनको मृत्यु भएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य चारजना गम्भीर र १९ सामान्य घाइते भएका छन् ।

तिहारमा खेलेको भैलोबाट सङ्कलन भएको पैसाले उनीहरु वनभोज खान गएका थिए । वनभोज खाएर फर्कने क्रममा कोइलावास सडकको चिसापानी नजिकै सो दुर्घटना भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *