सौगात स्टारर ‘माछा माछा’ सर्‍यो

डिसी नेपाल
१६ कार्तिक २०७६ १४:३९

काठमाडौं। यही कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘माछा माछा’को प्रदर्शन मिति पोस्टपोन्ड गरिएको छ। फिल्म अब आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने लेखक तथा निर्देशक सुनिल गुरुङले जानकारी दिए।

पैसा कमाउन तीन युवाले गर्ने दौडधुपमा रहेर निर्माण गरिएको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, सरिता गिरी, भोलाराज सापकोटा, प्रविण खतिवडा, पुष्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय छ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’लाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन्।

यो फिल्मको प्रदर्शन मिति सरेसंगै भूवन केसी अभिनित फिल्म ‘मिस्टर नेपाली’ले भने सोलो रिलिजको मौका पाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *