चलचित्र ‘लभ जोन’को रोमान्टिक गीत सार्वजनिक
काठमाडौं। चलचित्र ‘लभ जोन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। शुक्रबार चलचित्रमा समावेश ‘दिल चोरी लैजाउ ए प्रियतम’बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा नित्याशिवा र शम्भु रैकाले स्वर दिएका छन्। शंकर अधिकारी ‘घायल’को यस गीतमा शब्द तथा संगीत छ। भिडियोमा राजन र रुविको नृत्य रहेको छ।
माघ १० गते प्रदर्शनमा ल्याउने भनिएको चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले लेखन तथा निर्देशन गरेका हुन्। चलचित्रमा राजन महर्जन, विक्रम कार्की, प्रेरणा बोहरा, कुमार कार्की, शर्मीला भुजेल लगायतको अभिनय छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment