यी हुन् संसारका सबैभन्दा अचम्मका सजाय!

डिसी नेपाल
१७ कार्तिक २०७६ ८:१०

काठमाडौं। कयौं मानिस आफ्नो जीवन इमान्दारितासँग जिउँछन्। उनीहरु कुनै प्रकारको गलत काम गर्दैनन्। यस्ता मानिसले कुनै सजाय पाउने कुनै आउँदैन।
तर कयौं यस्ता मानिस अपराधिक प्रवृत्तिका हुन्छन्। अपराध गर्ने मानिसले सजाय पाउने पक्का हुन्छ। आज हामी यस्तो सजायको विषयमा जानकारी दिन गइरहेका छौं जुन सजायलाई थाहा पाएर तपाइँ चकित पर्नुहुन्छ।

अमेरिकाको शिकागोमा दुई युवकले २००३ मा पहिला क्रिसमशको साँझ चर्चबाट ईसा मसिहको मूर्ती चोरेका थिए। साथै उनीहरुले मूर्तीलाई क्षति पनि पुर्याएका थिए। यो अपराधमा उनीहरु दोषी ठहरिए। र, उनीहरुलाई ४५ दिनको जेल सजाय सुनाइएको। त्यस बाहेक उनीहरुलाई आफ्नो गृहनगर एउटा गधासँग दौडिन आदेश पनि दिइयो।

२००१ मा अमेरिकाको ओकलाहोममा बस्ने १७ वर्षका टाइरल एलरेडले मदिरा सेवक गरेर गाडी चलाइरहेका थिए। उक्त दुर्घटनामा उनका एक जना साथीको मृत्यु भयो। त्यो बेला एलरेड हाई स्कुलमा अध्ययन गर्थे। यस्तोमा उनलाई हाई स्कुल र ग्रेजुएशन अन्त्य गर्ने बाहेक एक वर्षका लागि ड्रग, मदिरा र निकोटिन जाँच गर्नुका साथै दश वर्षसम्म चर्च जानुपर्ने सजाय सुनाइएको थियो।

मिडिया रिपोर्टका अनुसार २००८ मा एन्ड्रयूमाथि आफ्नो कारमा चर्को स्वरमा संगीत सुनेको अभियोगमा १२० पाउन्ड जरिवाना सुनाइएको थियो। उनी आफूलाई मन पर्ने र्याप सुनिरहेका थिए। पछि अदालतमा न्यायाधीशले उनलाई सुनाइएको सजाय कम गरेर ३० पाउण्ड मात्र तिर्नु पर्ने फैसला सुनाए। तर त्यसको बदलामा उनलाई २० घण्टासम्म बिथोवन, बाख र शोपेनको शास्त्रीय संगीत सुन्न लगाइयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *